Founder President

Professor Dr. Bhadra Prasad Pokharel
(2011-05-22 – 2080-12-20)
भौतिकशास्त्रका चम्किला तारा प्रा.डा.भद्र प्रसाद पोखरेल
बाल्यकाल
भद्र प्रसाद पोखरेलको जन्म–वि.सं. २०११÷५÷२२ मा पाँचथर जिल्लाको यासोकस्थित गैह्रीगाउँमा भएको हो । १७ रोपनी जग्गाको एउटै पाटो सम्म परेको टारवारीको उत्तरी छेउमा ३ तले घरमा काकाका परिवार र वहाँहरूको संयुक्त बसाई रहेको थियो । हरीनारायण र महेश्वरा पोखरेलका ८ भाई छोराहरू मध्ये सातौं छोराको रुपमा यही घरमा वहाँको जन्म भएको हो । उक्त क्षेत्रमा त्यस समयमा तराई झर्नेहरूको लहर नै लागेका थियो सोही सिलसिलामा पिता हरीनारायण पनि गाउँका आफन्तहरूको जमात नै बनाएर तराईमा कुन स्थान वस्नकालागि उपयुक्त होला भनेर पूर्वीतराई तिर आउने जाने गर्ने क्रममा हालको सुनसरी जिल्लाको चक्रघट्टी भन्ने ठाउँमा केही आफन्त सहित वि.सं. २०१९ सालमा सपरिवार वसाँई सरेर आउनु भयो ।
स्वर्गारोहण– वि.सं. २०८०÷१२÷२०
शैक्षिक विवरण